मस्को । सन् २०२१ को १५ नोभेम्बरमा रुसले अन्तरिक्षमा प्रक्षेपण गरेको एउटा क्षेप्यास्त्रले एउटा पुरानो रुसी भूउपग्रहलाई नष्ट गर्यो । त्यसको भग्नावशेषले अन्य भूउपग्रहहरू र रुसी अन्तरिक्ष यात्रीहरूसमेत सम्मिलित इन्टरनेसनल स्पेस स्टेसनका चालकदललाई समेत खतरामा पार्यो ।
रुसको त्यो भूउपग्रह भेदी क्षेप्यास्त्र परिक्षण अमेरिकाका लागि रुसले चाहेका अन्तरिक्षमा रहेका अमेरिकी भूउपग्रहहरू नष्ट गर्न सक्छ भन्ने स्पष्ट सन्देश पनि थियो । सो घटनाको दुई सातापछि रुसको एक जना समाचार संचार व्यक्तित्वले रुसले सम्पूणर् ३२ वटा जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम) भूउपग्रह खसाल्न सक्छ भन्दै फूर्ति लगाएका थिए ।
अमेरिकी स्वामित्वमा रहेको यो जीपीएस सेवाले प्रयोगकर्ताहरूलाई पोजिसनिङ, नेभिगेसन र टाइमिङ (पीएनटी) सेवा प्रदान गर्दछ । यस प्रणालीलाई स्पेस, कन्ट्रोल र युजर गरी तीन भागमा विभक्त गरिएको छ । यदि रुसले ती भूउपग्रहहरू झारिदिने हो भने अमेरिकी जनजीवनको झण्डै सम्पूणर् पाटोलाई प्रभावित पार्न सक्छ । रुसको यस प्रदर्शन र खतरा रुसको भविष्यका प्रमुख आक्रामक कार्य बन्न सक्छ ।
त्यतिबेला रुसले भूउपग्रह खसाल्दा युक्रेनको सीमा वरपर आफ्ना फौज पनि जम्मा गर्दै थियो । अन्तत २४ फ्रेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गर्नासाथ अमेरिकाका ती भूउपग्रहहरू युक्रेनलाई अमेरिकाको सहयोग रोक्ने रुसका बलियो हतियार सावित भए ।
अमेरिकाको संवेदनशील भौतिक संरचना जीपीएस भूउपग्रहहरूबाट प्राप्त सटिक टाइमिङ र नेभिगेसन सिग्नलमा निर्भर रहेको छ । गत डिसेम्बरको जन भेलामा अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्का एकजना सदस्यले भनेका थिए, ‘अझै पनि जीपीएस अमेरिकाको असफलताको एक मात्र विन्दुको रूपमा रहेको छ ।’
यदि अचानक जीपीएस सिग्नल हराएको खण्डमा यातायात प्रणालीले तत्कालै दुख पाउँछ । सबैकुरा सुस्त, कम क्षमतावान र थप खतरनाक हुन थाल्छन् । हवाई यात्रा पनि कम सक्षम र सुरक्षित हुन्छ । डेलिभरी सेवाहरू पनि प्रभावित हुनेछ । युवर र लिफ्टको व्यापार पनि बन्दै हुनेछ ।
त्यसपछिका दिनहरूमा अन्य खतरनाक प्रणालीहरू देखापर्ने छन् । सेलफोन टावर र इन्टरनेट स्विचहरूले सिन्क्रोनाइजेसन गुमाउनेछन् । बैंकहरूले समयमा कारोबार गर्न सक्ने छैनन् । विद्युतीय ग्रिड, ढल तथा खानेपानी प्रणाली लगायत थुप्रै औद्योगिक एप्लिेकेसनका कन्ट्रोल सिस्टम फेल हुने छ । र, ती सबै कुराका लागि असक्षम हाते अपरेसनमा भर पर्नुपर्ने हुन्छ ।
यसका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धको खतरा मोल्दै ती अमेरिकी भूउपग्रहहरू खसाल्दै हिँड्नुपर्ने आवश्यकता पनि छैन । उनले यो काम मात्र एउटा स्विच थिचेर तुरुन्तै गर्न सक्छन् । रुसले साइबर र विद्युतीय युद्धकलामा पनि निपूणर्ता हासिल गरेको छ । रुसका केही विशेषज्ञहरूले आफूहरूसँग विमान वाहकहरूलाई काम नलाग्ने बनाइदिन सक्ने क्षमता भएको बताउने गरेका छन् । रुसी फौजले समय समयमा विश्वका विभिन्न भागमा जीपीएस र अन्य भूउपग्रह सिग्नलहरू जाम गर्ने गरेका छन् ।
साथै रुससँग अन्तरिक्षसम्म आणविक शक्तिद्वारा सञ्चालित विद्युतिय लडाकु भूउपग्रहहरू विस्तार गर्नसक्ने क्षमता रहेको पनि बताइन्छ । पुटिनसँग आफ्नो उद्देश्य पूरा भएपछि ती भूउपग्रहहरूलाई पुनः सुचारु गर्ने क्षमता समेत रहेको छ । तर्सथ यो जीपीएसलाई मात्र चलाएर पनि पुटिनले अमेरिकालाई नतमस्तक बनाउन सक्छन् । रुस, चीन र अन्य केही मुलुकसँग जस्तै अमेरिकासँग अन्तरिक्षबाट आवश्यक टाइमिङ र नेभिगेसन सिग्नल नआउँदाको विकल्पको रूपमा अर्को पृथ्वीय प्रणाली छैन ।




