रिबन

‘मदन भण्डारीकाे तस्वीर मुनि मण्डलेसंग सम्झाैता’

सीवी खडका /

सम्वत २०७८ सालकाे अन्तिम दिन नेकपा एमालेले अचम्मै गरयाे । यस्ताे दिन हाे,जुन दिन-हामी अरू जस्ताे कसैसंग मिल्दैनाैं,एक्लै ७० प्रतिशत मत ल्याउँछाैं भनेका नेकपा एमालेका अध्यक्ष केपी अेालीकाे भनाइ पानाीकाे फाेका झैं विलायाे । किनभने उनले यसैदिन राप्रपाकाे अध्यक्ष हारेपछि पार्टी फुटाएका कमल थापा र नेपालमा क्रिश्चियन धर्म फैलाउने जिम्मा पाएका गाेरखाली एकनाथ ढकाललाइ सुर्य चिन्ह दान दिने कसम खाए।र,याे कसम खुवाउने थलाे बन्याे-एमालेले जननेता भनेर भन्ने गरेकाे मदन भण्डारीकाे शालिक राखेकाे स्थान।र,सपथ खुवाउने दुइ पात्र वने-जननेता मदन भण्डारीका अति प्रिय इश्वर पाेखरेल र विष्णु पाैडेल।

साइकलमा यात्रा गर्ने मदन भण्डारीकाे शालिक मुनि वसेर वालुवाटार जग्गा काण्डमा मुछिएका विष्णु पाैडेल र काेभिडकालमा अैाषधी खरिद गर्दा मुछिएका इश्वरले पाच वुदे करारनामा यी दुइ दललाइ किन गरे ? राप्रपा नेपाल र परिवार दलकाे याे देशमा के भुमिका छ ? पार्टी फुटाएर गए भनेर माधव नेपाल र सकल दर्जालाइ धारे हात लगाएकाे एमालेले राप्रपा फुटाउनेसंग किन अंकमाल गरयाे ? एमालेले पार्टी फुटाउनेलाइ सुर्य चिन्ह दिनु भनेकाे पार्टी फुटाउन प्राेत्साहन दिनु हैन र ?

र,याे सवै कृत्य देखेका मदन भण्डारीले के भने हाेलान ? स्यावास-एमाले मण्डले वाेकेर ठिक गरयाै भने हाेलान ? वा,क्रिश्चियन वाेकेर गजब गरयाै भने हाेलान ?

नयाँ बर्षले हामी सवैलाइ अग्रपथमा हिडने हाैसला,सतप्रयाश गर्ने उत्साह प्रदान गराेस।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *