सम-सामयिक

अर्थमन्त्रीलाई असहयोग गरेका कारण गभर्नरमाथि कारबाही : प्रधानमन्त्री देउवा

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्रीलाई असहयोग गरेका कारण गभर्नरलाई कारबाही गर्नु परेको स्पष्टीकरण लिएका छन् ।

सरकारले शुक्रबार गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ समिति बनाएको थियो ।

त्यससँगै अधिकारी स्वतः निलम्बनमा परेका छन् । गभर्नरमाथि थालिएको कारबाहीको चौतर्फी आलोचना भएको छ । सोमबार सत्तारुढ दलहरुको बैठकमा नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापा र नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अर्थतन्त्रको संकट र गभर्नरमाथि थालेको कारबाहीबारे प्रश्न गरेका थिए ।

प्रधानमन्त्री देउवाले भने अर्थमन्त्रीलाई असहयोग गरेका भनेको कारण कारबाही गरेको बताएका छन् । उनका अनुसार आफूलाई काम गर्न नदिएको र आफूले गरेका सबै काममा असहयोग गरेको अर्थमन्त्रीको गुनासो थियो ।

सत्तारुढ दलको बैठकमा प्रधानमन्त्री देउवाले भनेका छन्, ‘अर्थमन्त्रीजीले मलाई गभर्नरले एकदम धेरै असहयोग गर्यो भन्नुभयो । यस्तो बेलामा गभर्नरले सहयोग त गर्नुपर्यो नि !’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *