रिबन

माधव-प्रचण्डलाइ देउवातिरै धकेल्नुपर्छ,यता पस्न दिनुहुन्न-पाेखरेल

काठमाण्डाैं । नेकपा एमाले का महासचिव शङ्कर पोखरेलले माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डलाई एमालेमा ल्याउने वा सहकार्य गर्ने गल्ती नगर्ने वताएका छन । आसन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा एमालेको केन्द्रीय प्रचार विभागले आज आयोजना गरेको काठमाडौँ उपत्यकास्तरीय भेलामा महासचिव पोखरेलले यस्ताे वताएका हुन । पोखरेलले नेपाली कांग्रेसको नीति र शेरबहादुर देउवाको नेतृत्वलाई स्वीकार गरेर माधव–प्रचण्ड हिडेकोले एमालेले सहकार्य वा पार्टीमा स्वीकार गर्ने काम संभव नरहेको बताए । उनले भने-प्रचण्ड र माधवलाई पार्टीमा फिर्ता ल्याउने होइन, शेरबहादुर देउवातिरै धकेल्ने हो, उतै जान दिनुपर्छ, माधव र प्रचण्डको भ्रममा परेर त्यता लागेका अन्य नेता कार्यकर्तालाई भने पार्टीमा स्वागत गर्नुपर्छ । उनले विगतमा एमालेलाई मधेस प्रदेशमा छिर्न समेत नदिइएकामा अहिले जनसमर्थन बढेको दावी गरेका छन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *