रिबन

कर्मचारीकाे तलब र वृद्धभत्ता राेकिन सक्छ !

जेपी गुप्ता/

केही महिना अघि ओली जीले “बैंकहरूमा तरलताको अभाव छ। बैंकहरूले जमा गरिएको पैसा फिर्ता गर्न कठिन हुनेछ” भन्नु भएको थियो।यसका कारक जो हुन्! तर, पुष्टि हुदै गयो,बैंकहरूले ऋण दिन छोड्यो, तरलता बढाउन ह्वातै ब्याज बढायो।अनेकन् उपायहरूको अवलम्बनमा राष्ट्र बैंक र अर्थ मंत्रालय लाग्यो। हाल देशमा “श्रीलंकाको अवस्था” हुने डिस्कोर्श छ। सरकारी पक्षका अर्थविज्ञहरू श्रीलंकाको प्रक्षेपण गर्नेलाई देश भाड्न चाहने भनेका छन्। तर, बजारमा रू. २० मा पाईने एक मुठा तोरीको साग रू. ६० पुगेको छ। आजसम्म पेट्रोल प्रति लिटर १६० पुग्यो। सार्वजनिक सवारी साधनको भाडा बढेको छ। कयौं आयातित बस्तुको एलसी नखोल्ने कुरा गरेको छ।अस्पतालहरूले स्वास्थ्य बिमाको भुक्तानी नपाएर सेवालाई बन्द गरेको छ।सप्ताहमा २ दिन बिदा हुने निर्णय छ। राष्ट्र बैंकका गभर्नर पदमुक्त गरिए। शेयर बजारमा त्राहिमाम् छ। तर, सरकारका मानिसहरू मान्न तयार छैनन्। फेरी आज पूर्व प्रम ओलीले डरलाग्दो कुरा उठाउनु भएको छ। कर्मचारीले तलब नपाउने र बृद्ध भत्ता रोकिए आश्चर्य न मान्नु होला भन्नु भएको छ। के हो यो कुरा ? चुनावको मुखमा सरकार र गठबन्धनका दलहरूलाई भुत्ल्याउनका लागि भन्नु भएको हो कि सरकारले अर्थतन्त्रलाई खुईल्याई सकेको हो ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *