रिबन

‘प्रधानमन्त्री ज्यु थामिनुस, राेकिनुस’

राजनीतिमा परिवारवाद र शासनमा मनपरिले भ्रष्टाचार वढाउँछ।भ्रष्टाचार हिरामा किरा परेजस्तै हाे-हरेक समृद्ध हुन चाहने राष्ट्रकाे लागि। यसैले विकसित तथा अल्पविकसति र विकासशील राष्ट्र अहिले यहि दुश्मनकाे विरूद्ध लडिरहेका छन।जसले भ्रष्टाचारलाइ जित्याे,उसले संसार जित्छ,नत्र फस्छ। नेपाल जस्ताे दक्षिण एशियाकै दाेस्राे गरिव देशकाे प्रधान शत्रु भनेकै अमेरिकी साम्राज्यवाद पनि हाेइन,भारतीय विस्तारवाद वा चिनकाे एकदलिय कम्युनिष्ट सत्ता पनि हाेइन। भ्रष्टाचार नै एक मात्र सत्रु हाे र परास्त गर्नु पर्ने पनि यसैलाइ हाे।

काेभिडले थलिएकाे विश्व छ।यसमाथि झिकिदेउ न गाँड भन्दा थपिदेउ न गाँड भनेजस्तै भएकाे छ-रूस -युक्रेन युद्ध।यसकाे विश्वब्यापी चेन इफेक्ट परेकाे छ। नेपालमा सय रूपैयामा पाइने पेट्राेल १६० पुगिसक्याे,डिजल र ग्यास पनि उसैगरि अकाशिएका छन।यी यस्ता चिज हुन,जसकाे भाउ वढने वित्तिकै अन्य वस्तुकाे स्वत वढछ।गाडी भाडा बढन थालेपछि हरेक गृहिणीकाे चुलाेमा महंगी नवाेलाएकाे पाहुना वनेर छिर्छ।

कमजाेर अर्थतन्त्र,भ्रष्टाचार नियन्त्रणमा उदासिनता,विकास खर्च हुन नसकेर विजाेग अवस्था र जनतामा चरम निराशा । याे अहिलेकाे ताजा अवस्था हाे।

देश स्थानीय चुनावकाे मुखमा छ। तर मलेसियाकाे लागि खुलेकाे फ्रि भिषामा काम गर्न जानेकाे लर्काे छ।कतार जान पाउँ भनेर काेभिडकाे पर्वाह नगरि लाइन वस्ने यत्रतत्र छन। तर,हरेक नेता अर्काे नेतालाइ धारे हात लगाएर वसेकाे छ । र,’म देखाइदिन्छु’काे शैलीमा सुरूवालकाे माेता सारेर कुदेकाे छ। चुनावी सभामा देश झिलिक्क पार्ने वनाइदिन्छु भन्ने भाषण सर्वत्र सुनिन थालेकाे छ।काेही वस चढन थालेका छन काेही वग्गी त काेही सिटी सफारी।हरेक नेता ब्यस्त छ।

यसपटक जनता झुक्याउने कुन नारा दिने भनेर घाेषणापत्र लेख्न एक से एक धुरन्धरलाइ गणेश वनाएर खटाएका छन अनि अाफु चाहि मञ्चमा उभिएर अर्काे दलले तिन सिट पनि जित्दैन भनेर डंकाकाे बलमा छाती पिटि पिटि वाेलिरहेकाे देखिन्छ।के जनता यी नेताकाे गुलाम ? कसरी उनीहरू अर्काे दलले यति सिट मात्र जित्छ भन्न सक्छन ? के उसैलाइ थाह छ कि उसले कति सिट जित्छ भनेर ? यस्ता मुर्ख नेताले हाकेकाे देशका वासिन्दा विस्तारै कुरा वुझन थालेका छन तर उनीहरू यिनकाे उपचार गर्नेतिर लागेका छैनन वरू याे देश छाडेर जान्छु भनेर धनीमानी युराेप अमेरिका,गरिव खाडी राष्ट्र जान थालेका छन।अब भन्नुस-याे देश कसले वनाउँछ ?

र,शासकीय मानसिकता कस्ताे छ भने झाेला वाेकेर एयरपाेर्टमा विदाइ गर्न वा विदेशबाट फर्केलाइ लिन गएकाहरू कुर्सीमा वसेमा ५०-१०० रूपैया तिर्नुपर्ने ब्यवस्था गरिएकाे छ।र,संविधानमा समाजावाद उन्मुख देश वनाउने भनिएकाे छ।

अनि,शासनमा वसेका कस्ता छन भने हरेक दिन निराशा मात्र दिन्छन। जस्ताे,शुक्रवार मध्यरातमा सरकारले राष्ट्रवैंककाे गभर्नर हटायाे। उनी एमालेका हुन र अघिल्ला अर्थमन्त्री डा.युवराज खतिवडाले नियुक्त गरेका छन।उनी गभर्नरका लागि असाध्यै कम्पिटेन्ट भने थिएनन र छैनन। यहि सरकारले बजेट ल्याउने मिति निर्धारण गरेकाे हप्ता दिन अघि उनले बजेट संग वाझने गरि माैद्रिक नीति ल्याए।र,सरकारसंग जाेरी खाेजे।करका दर देखि वैंकलाइ कस्ने नियम देखि अन्य थुप्रै कुरामा उनी सरकार एकातिर उनी अर्काेतिर हिडेकै हुन।यसमाथि सरकार सुचना चुहाएकाे दाेष पनि उनलाइ लगाइरहेकाे छ।र,यसबारेमा छानवनी गर्न समिति पनि गठन गरेकाे थियाे।

अहिले अर्थमन्त्री छन-माअेवादीका कमाण्डर जनार्दन शर्मा। यसहिसावले पनि दुइ फरक कम्युनिष्ट विचार भएका ब्यक्ति अर्थमन्त्री र गभर्नर हुदा घर्षण हुनु सामान्य नै हाे।यहि घर्षण चलिरहेकाे थियाे।

अर्थतन्त्र खराव भएर गएपछि कति खराव हुन्छ भनेर श्रीलंका हेर्न सकिन्छ।राजनीति विग्रिएपछि कति खराव हुन्छ अफगानस्ता हेर्न सकिन्छ।र,वन्दै गरेकाे वातावरण कसरी विग्रन्छ भनेर हेर्न पाकिस्तान र अघिल्लाे केपी अेालीकाे सरकार हेरेपछि पुग्छ।संकटकाे वेलामा जाेरी खाेज्ने हाेइन,सवै अंगसंग सहकार्य गर्ने,हात फैलाउने,हातेमालाे गर्ने र संकटमाेचन गर्ने हाे।तर,देशभर नेपाल पनि श्रीलंका हुन सक्छ है भनेर चेतावनी र चुनाैती दिइरहेकाे,वैंकले ऋण समेत दिन नसकेकाे,सवारी साधन समेत विदेशबाट नमगाउनु भनेर सरकारले उर्दी जारी गरेकाे,डलर सटही गर्दा धेरै नदिनु है भनेर सरकारले कसेकाे बेलामा गभर्नर हटाउदा राम्राे सन्देश जान्छ त ? वा,गभर्नर हटाउने बेला हाे त याे ?

याे गठवन्धन सरकार हाे । कांग्रेसकाे यसमा नेतृत्व छ र माअेावदी र माधव नेपालकाे दलकाे सहभागीता छ। जनयुद्ध भन्दै वन्दुक चलाएर अाएकाे माअेावादीले ताताे खुन गरे पनि परिपक्व प्रधानमन्त्रीले गभर्न अहिले नचलाउँ भन्नु पर्दैन ?

प्रधानमन्त्रीलाइ एउटा हेक्का गराउँछ।अघिल्लाे चुनाव पनि देउवाले गराएका थिए।पार्टी हारयाे।हारकाे मुल कारणा थियाे-सुशीला कार्कीलाइ महाअभियाे लगाउनु र नवराज सिलवाललाइ प्रहरी प्रमुख हुनबाट राेक्नु।

यसपटक पनि कथा उस्तै देखिन थालेकाे छ।गभर्नर काण्ड भइहाल्याे।अब वाँकी छ-प्रहरी प्रमुखकाे।यसपटक पनि सुदुरपश्चिमका पत्याएका पात्र खाेज्ने धुनमा शायद देउवा हुन सकछन।गभर्नर काण्डलाइ एमालेले उचाल्ने र चुनावी मसला वनाउने छ।अनि,माअेावादीले कांग्रेसलाइ प्रयाेग गर्नेछ।

तर,कांग्रेस चाहि के गर्छ ? थप फस्दै जानेछ,अनेक स्वार्थकाे वन्दी वनेर वा मुक्तिकाे वाटाे राेज्नेछ।

माफ गर्नुस,प्रधानमन्त्री ज्यु,तपाइ फस्दै हुनुहुन्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *