जेपी गुप्ता/
यो गठबन्धनको घाँडोले प्रम शेर बहादुर देउवा जीलाई ०५१ साल पछिको राज्य संचालनको बाटोमा डोर्याएको देखिन्छ। आफ्ना निर्णय र कदमहरूबाट आम मानिसमा पर्ने प्रभावको मूल्यांकन बारे बेवास्था भयो। यो सोच आत्मघाती हो। यो गठबन्धनले तपाईलाई नोक्सान पुर्याउँदैछ। अवश्य पनि नेका नोक्सानीमा पर्छ। माफ गर्नु होला । राम्रो अर्थमंत्री हुन “योग्यता र दक्षता” चाहिएला।तर, देशको राम्रो अर्थ व्यवस्था रहे नरहेको कुरा बिनोद चौधरी भन्दा पहिला भोको नागरिकको पिडाले बुझ्छ। म लामो कुरा नगरूँ! यति मात्र भन्छु प्रजातन्त्रको कमारो हुँ। प्रधानमंत्री जी, हजूरले गलत समयमा राष्ट्र बैंकका गभर्नरलाई हटाउनु भयो।दि शासनले रोषयुक्त मौनतामा रहेका जनता माझ आफ्नो निर्णयहरूको प्रतिरक्षा गर्न सक्दैन भने बिपक्षी कथ्यको घोडदौडबाट कुल्चिइनु पर्दछ।लंकाको दुरावस्थाका कारणहरू रोमको बेटिकनमा पोपको तहखानामा शताब्दीऔं देखि थन्क्याइएर राखिएको अभेद्य ‘मीथ’ को दस्तावेज होईन। श्रीलंका छर्लंग्न छ आज।




