विश्व

रुसद्वारा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यता त्यागेको घोषणा

जेनेभा । रुसले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यता त्यागेको घोषणा गरेको छ ।

बिहीबार रुसी विदेशमन्त्रालयले बिहीबार एक विज्ञप्तिमार्फत् सो कुराको जानकारी गराएको हो ।

संयुक्त राष्ट्रसंघीय महासभाले बिहीबार एक रिजोलुशनमार्फत् रुसलाई सो परिषदको सदस्यता निलम्बन गर्ने विषयको प्रक्रिया अघि बढाएको थियो ।

त्यसैले सो प्रस्ताव पारित हुनु अगावै रुसले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यता त्याग गरेको घोषणा बिहीबार गरेको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *