काठमाण्डाैं । खेलकुद मन्त्री दिपक मनाङेले हातपात गरेपछि रिसाएका सचिवहरूले विहिवार सामुहिक चेतावनी दिएका छन।उनीहरूले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली समक्ष सामुहिक पत्र लेखेर मन्त्री मनाङेकाे कर्तुत विरूद्ध वाेलेका छन।
गत मंगलवार ४ बजे काम गरिरहेका अधिकृत स्तरका कर्मचारी प्रकाश अेाझालाइ मन्त्रीले हातपात गरेका थिए।कर्मचारीकाे संरक्षण गर्नुपर्ने मन्त्रीले उल्टै हातपात गरेकाे भन्दै गण्डकी प्रदेश सरकारका सचिवहरूले सामुहिक पत्र लेखेका हुन।याे दवाव पछि मुख्यमन्त्री पाेखरेललाइ मन्त्री मनाङेलाइ राख्ने कि हटाउने भन्ने नैतिक दवाव परेकाे छ।यसअघि पनि मन्त्री मनाङेले कर्मचारीलाइ हातपात गरेका थिए।

कर्मचारीले हातपात गरेकाे वताएपनि मन्त्रीले भने हातपात नगरेकाे वताएका छन।उनले भनेका छन-मैले हातपात गरेकाे भए यस्ताे हुन्थ्याे ?




