रिबन

विद्रोहीको आक्रमणबाट कंगोमा खटिएका नेपाली शान्ति सैनिककाे मृत्यु

काठमाडौँ । अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोमा शान्ति सैनिकका रूपमा खटिएका एक जना नेपाली सैनिकको मृत्यु भएको छ। मंगलबार विद्रोहीको आक्रमणमा घाइते भएका ती सैनिकको उपचारका क्रममा मृत्यु भएको हो ।

नेपाली सेनाको मुख्यालयका अनुसार प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा सञ्चालन गरिएको अपरेसन ‘बाली’काे खोजतलास कारबाहीमा विद्रोहीको अब्जेक्टिभ कब्जा गरी जमिन होल्डपछि अज्ञात स्थलबाट विद्रोहीबाट भएको फायरमा मिशनमा कार्यरत ती शान्ति सैनिक घाइते भएका थिए । त्यसलगत्तै घाइते सैनिकलाई हेलिकप्टरमार्फत् उद्धार गरी बुनियाँस्थित लेबल–२ अस्पतालमा उपचार गर्न लगिए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

मृत्यु भएका सैनिकको परिचय भने खुलाइएको छैन ।

उक्त घटनाप्रति संयुक्त राष्ट्रसंघले निन्दा ब्यक्त गरेको छ । राष्ट्रसंघका महासचिवले एक विज्ञप्ति जारी गर्दै मृतक शान्ति सैनिकका परिवारका साथै नेपाल सरकार र नेपाली जनताप्रति समवेदना प्रकट गरेका छन् । शान्ति सैनिकहरूमाथि आक्रमण युद्ध अपराध हुने बताउँदै उनले घटनाको छानबिन गरी दोषीलाई छिटोभन्दा छिटो कानुनी कठघरामा ल्याइदिन कंगोली अधिकारीलाई आग्रह पनि गरेका छन् ।

[pdfjs-viewer attachment_id=212890 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/04/PN-कंगो-शान्ति-मिशनमा-घाईते-नेपाली-शान्ति-सैनिकको-मृत्यु.jpeg viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/04/PN-कंगो-शान्ति-मिशनमा-घाईते-नेपाली-शान्ति-सैनिकको-मृत्यु.jpeg download=true print=true fullscreen=false fullscreen_target=false fullscreen_text=”on” zoom=0 ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *