रिबन

सदस्यसचिव सिलवालले दायर गरेको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषदबाट आफूलाई बर्खास्त गर्ने निर्णयविरुद्ध तत्कालीन सदस्यसचिव रमेश सिलवालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

मङ्गलवार (आज) न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको इजलासले सिलवालले दायर गरेको रिट खारेज गरेको हो ।

यद्यपि फैसलाको लिखित रूप आइसकेको छैन । रिट खारेज भएसँगै सिलवाल राखेप फर्किने बाटो तत्काललाई बन्द भएको छ ।

सदस्य सचिवसम्बन्धी विवादका कारण राखेपको कामकाज केही महिनायता प्रभावित थियो । सरकारले सिलवाललाई बर्खास्त गरेर नियुक्त गरेका सदस्य सचिव टंकलाल घिसिङले काम गर्न पाएका थिएनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *