रिबन

विरोधका वावजुद आचारसंहिता कार्यान्वयनका लागि आयोगले लियो दलहरूको प्रतिबद्धता

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि राजनीतिक दलहरूबाट प्रतिबद्धता लिएको छ ।

आयोगले निर्वाचनका लागि दर्ता भएका दलहरूलाई मंगलबार आयोगमा बोलाएर आचारसंहिता उल्लंघन गर्न नपाइने भन्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि प्रतिबद्धता लिएको हो । निर्वाचनमा भाग लिन आयोगमा दर्ता भएका ७९ वटा राजनीतिक दलका प्रमुख, पदाधिकारी र प्रतिनिधिहरूले आचारसंहितामा हस्ताक्षर गरी पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।

यसअघि आयोगले दलहरूसँग छलफल गरी निर्वाचन आचारसंहिता-२०७८ जारी गरेको थियो । त्यही आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा राजनीतिक दलहको प्रतिबद्धता लिइएको आयोगका शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगले जारी गरेको आचारसंहिता यसअघि नै राजपत्रमा प्रकाशित भइसकेको छ । नेपाली कांग्रेसका उपसभापति पूणर्बहादुर खड्काले आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि दलहरूले प्रतिबद्धता जनाएको बताए ।

‘आयोगले यसअघि नै निर्वाचनमा भाग लिने दलहरूसँग छलफल गरेर आचारसंहिता तयार गरेको हो । त्यसमा प्रतिबद्धता लिने पुरानै अभ्यास हो, त्यहीक्रममा आयोगले यसपटक पनि आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि प्रतिबद्धता लिएको हो,’ उनले भने, ‘केही साथीहरूले त्यसबारे जिज्ञासा राख्नुभयो, तर आयोगले त्यसबारे प्रष्ट पारेपछि सबैले प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुभएको छ, मैले पनि पार्टीको तर्फबाट प्रतिबद्धता जनाएँ ।’

नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव बेदुराम भुषालले पनि आयोगले जारी गरेको आचारसंहितामा हस्ताक्षर गरेर प्रभावकारी कार्यान्वयनका लागि प्रतिबद्धता जनाएको बताए ।

[pdfjs-viewer attachment_id=212603 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/04/election-sanhita.pdf viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/04/election-sanhita.pdf download=true print=true fullscreen=false fullscreen_target=false fullscreen_text=”on” zoom=0 ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *