रिबन

गठबन्धन दललाई उम्मेदवार छान्न वडामै सकस

काठमाडौँ । गठबन्धनका दलहरुलाई उम्मेद्वार छान्न वडा स्तरमै सकस भएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीलाई आकांक्षी धेरै हुँदा वडाध्यक्ष, सदस्यहरु छनौटमै समस्या भएको हो। नेकपा एमालेले भने सबै ठाउँमा सर्वसम्मत उम्मेदवार बनाउने नीति लिएको छ।

‘केही ठाउँमा सर्वसम्मत चयन भएको छ भने धेरैजसोमा आकांक्षी धेरै हुँदा वडा समितिले पालिका, प्रदेश क्षेत्र, क्षेत्र हुँदै जिल्लामा नामावली पठाउनेछ,’ गाेरखाका कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले भने, ‘जिल्लासम्म आउँदा उम्मेद्वार टुङ्ग्याउँछौँ, यो पक्रिया सुरु भईसकेको छ।’

सदरमुकाम रहेको गोरखा नगरपालिका ६ मा नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवार दावी गर्ने ७ जना छन् भने एक दलित महिला, एक जना महिला र दुई खुल्ला सदस्यका लागि १५ भन्दा बढी आकांक्षी छन्। दुईभन्दा बढी उम्मेद्वार अधिकांस वडामा छन्। सदरमुकामको वडा भएकाले पनि अन्य दलमा पनि सर्वसम्मत उम्मेदवार चयन हुन मुस्किल छ। कांग्रेस सभापति नन्दप्रसाद न्यौपानेले भने ‘पालिकाले क्षेत्रीय समितिलाई र जिल्लासम्म चैत २७ गते आईपुग्नेछ।’ क्षेत्रसम्म पनि नटुङ्गिएमा जिल्लाले उम्मेद्वार टुङ्ग्याउने उनले बताए।

सत्ता गठबन्धनमा रहेका दलहरु बिच तालमेल हुँदा सहजै जित हात पार्न सकिने दाउमा कतिपयले उम्मेदवारको दावी छाडेका छैनन्। यस अघि जनप्रतिनिधि भएर काम गरेका अधिकांसले पुन उम्मेदवार हुन पाउनुपर्ने दावी गरेका छन्। दोहोरिन चाहेका अधिकांस पुरानै पद लिएर पनि चुनाव लड्ने तयारीमा छन् भने केही मात्रै माथिल्लो पदमा आकांक्षी देखिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *