काठमाडौँ । पाँच सातादेखि युक्रेनमा लगातार आक्रमण गरिरहेको रुसले आफ्नो रणनितिमा परिवर्तन गरेको छ । रुसले अब युक्रेनको राजधानी किभमा ध्यान केन्द्रित गर्नुको सट्टा पूर्वी क्षेत्रमा घेराबन्दी सुरु गरेको बिबिसीले जनाएको छ ।
युक्रेनको कडा प्रतिरोधका कारण धेरै क्षेत्रमा आफ्नो नियन्त्रण फिर्ता लिइरहेको छ ।
रुसले बेलगोरोड सहरमा रहेको तेल भण्डारमा भएको आक्रमणमा युक्रेन जिम्मेवार रहेको आरोप लगाएको छ । तर युक्रेनले यी आरोपहरू अस्वीकार गरेको छ र यो सम्भवतः रसियाको गलत फ्ल्याग अपरेशन हुन सक्ने अनुमान गरिएको छ ।
कीभदेखि २९ किलोमिटर टाढा रहेको एन्टोनोभ विमानस्थलबाट रसियन सेना गएको सिएनएनले उल्लेख गरेको छ ।
म्याक्सर टेक्नोलोजीले जारी गरेको सेटेलाइट तस्वीरमा यस अघि रसियन सेना देखिएको विमानस्थल वरिपरी अहिले खालि देखिएको छ ।
यस घटनालाई रुसले आफ्नो रणनिति परिवर्तन गरेको हुनसक्ने रुपमा बुझिएको छ । रुसले ठुलो संख्यामा सैन्य क्षति बेहोर्नुपरेपछि दबाबका बीच यस्तो गरेको हुनसक्ने विश्लेषण गरिएको छ ।




