रिबन

साहस गर देउवा

प्रधानमन्त्री शेरवहादुर देउवा यति वेला भारतमा छन । नया दिल्लिमा उनी आइतवारसम्म रहनेछन । पाचौं पटक प्रधानमन्त्री भएका देउवा राजनीतिका मात्र अनुभवी पात्र होइनन,कुटनीतिमा पनि अनुभवी मानिन्छन । उनको उमेर,अनुभव चानचुने छैन ।

चार जना मन्त्री सहित भारतको भ्रमणमा गएका देउवाले चर्का कुरा केही गरेका छैनन । उनले भारतसंग न उसो गर्छु भनेका छन न उसो गर्छु भनेका छन । उनी मौन छन । शान्त छन । र,वरु मिडिया रिपोर्टहरु आएका छन कि उनले लिम्पियाधुरा देखि महाकाली सम्मका सम्झौताको वारेमा यसपटक चर्चा हुदैन भनेर । यसवारेमा उनी फर्केपछि विस्तारपुर्वक चर्चा गर्न सकिन्छ ।

प्रधानमन्त्री देउवा भारत जानु अघि नै भारतीय प्रोफेसर एसडि मुनिले अलिकति कञ्चन पानीमा एक थोपा विष घोलिदिएका थिए । उनले देउवा भारतले जिताएको,अबको चुनाव पनि जित्ने र त्यसपछिको सरकार पनि हाक्ने योजनाको साथ भारतमा आशिर्वाद लिन गएका हुन भनेर लेखेका छन । उनको कुरा कतिले पत्याए,त्यो आफनै ठाउमा छ तर नेपालको वाम जनमतले पहिलो हेराइमा यसलाइ पत्याएको देखिन्छ । सरकार वन्नु अघि नै प्रचण्डको जिब्रो चिप्लिदा भारतको कम्फरटेवल सरकार भनेर अथ्र्याए । यो शब्दको जप नेकपा एमालेले अहिले पनि गरिरहेका छ । यसमाथि प्रधानमन्त्री देउवाले भारत जानु अघि विपक्षी दल नेकपा एमालेसंग सामान्य परामर्श समेत नगरेको भन्दै यो नीजि भ्रमण हो कि राजकीय भ्रमण हो भनेर सवाल खडा गरिदिएको छ । यसलाइ मलजल गर्ने काम स्वयम देउवा सरकारले पनि गरेको छ । सरकारले भारत जानु अघि के मुद्धामा कुरा हुनेछन भन्ने कुरा विस्तृतमा खुलाएको छैन ।

सरकारले मुद्धा प्रष्ट नपारेपनि जनस्तरमा भने सरकारले उठाउनुपर्ने मुद्धाको वारेमा सुत्रवद्ध चर्चा भएको छ । आमस्तरमा लिम्पियाधुरा सहितको जग्गा नेपालले कहिले प्राप्त गर्ने,भारतीय नोट सटहीको विवाद कहिले हल गर्ने,नेपाल र भारतको वुद्धिजीवि मिलेर तयार पारेको संयुक्त प्रतिवेदन इपिजी भारतले कहिले वुझने,सार्कको अवस्था के हुने ?,नेपालको ब्यापार घाटा कम गर्न भारतले के सहयोग गर्ने,भारतले ओगटेका पञ्चेश्वर देखि हुलाकीराजमार्ग कहिले वन्ने,महाकाली नदीको मुहान कहाँ हो ? भन्ने सवालको जवाफ खोजिएको बेला छ ।

राजनीति र कुटनीतिको लामो अनुभव भएका पाका नेता देउवाले यसपटक भारतबाट फर्कंदा यस्ता सवालको जवाफ वोकेर फर्कनुपर्छ । र,कांग्रेसको नेतृत्व खुटटा कमाउने खालको होइन,सडकमा वुर्कुसी मार्ने तर टेवलमा मुख लुकाउने पनि होइन,ऐन वक्तमा दह्रोसंग गोडा टेकेर वोल्ने नेतृत्व हो भनेर जवाफ पनि दिन सक्ने भएर फर्कनुपर्छ । नत्र,दिल्लि घुम्न गएको अर्थ लाग्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *