कला/साहित्य

श्रीराम श्रेष्ठका हाइकु

१,
भित्र मझेरी
प्रेमको फुल रोपे
जीवन शून्य !
२,
तिम्रो प्रेममा
लठ्ठिएँ नबुझेर
जलेर आफू !
३,
माग्दै छु माफी
झुकेर तिम्रै सामु
सम्झ्यौ पराई !
४,
बिबेक गुम्दा
लाज पर्‍यो पसारो
आफै नाङ्गेको !
५,
लोभ लालच
बाचुन्जेलको खेती
पेट नै भोको ।
६,
सपना देखे
चितामाथि बसेको
बोलेन आगो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *