विश्व

युक्रेनमा पुन: आक्रमण तिब्र पार्न रुसले शक्ति बढाउदैछ- नेटो

काठमाडौँ । उत्तरी एटलान्टिक सन्धि संगठन (नेटो) ले युक्रेनमा रहेका रुसी सेनाले देशको पूर्वी भागमा आक्रमण बढाउन पुनः एकजुट भएको जनाएको छ ।

नेटोका महासचिव जेन्स स्टोल्टबर्गले रुसले आफुलाई पुन आक्रमणको लागि तयार गरिरहेको बताएका छन् । उनले भने- ‘रूसले आफ्ना सेनाहरूलाई पुनः एकीकरण गर्दैछ । रुसी सेनालाई थप हतियार उपलब्ध गराइएको छ । सैनिकको संख्या पनि बढाइएको छ ।’

अर्कोतर्फ बेलायतले रुसले छिमेकी जर्जियाबाट १२ सयदेखि २ हजार सैनिकलाई युद्धमा ल्याइरहेको बताएको छ ।

रूसले मंगलबार युक्रेनमा आक्रमणहरू कम गर्ने र डोनबासलाई मुक्त गर्नमा ध्यान केन्द्रित गर्ने बताएको थियो ।

तर नेटोका महासचिवले रुसले युक्रेनमा आफ्नो उद्देश्य परिवर्तन नगरेको बताएका छन् । उनले भने- ‘हामीले शहरहरूमा रूसी आक्रमणहरू अघिल्लो गतिमा जारी रहेको देखिरहेका छौं । रुसले नयाँ ठाउँमा केही सेना पठाउँदैछ । हुनसक्छ यो डोनबासमा उपस्थित सेनाहरूलाई बलियो बनाउनको लागि गरिएको हो ।’

तर नेटोले किभ र अन्य प्रमुख सहरमा रुसी आक्रमणमा कुनै कमी नआएको र आगामी दिनमा यस्ता आक्रमणहरू बढ्न सक्ने बताएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *