काठमाडौं । त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई १५ रनले पराजित गरेको छ ।
नेपालले दिएको १८४ रनको लक्ष्य पछाएको पपुवा न्युगिनीले १९.२ ओभरमा अल आउट हुदै १६८ रन बनाएको थियो । पपुवा न्युगिनीका लागि नोरमान भनुआले सर्बाधिक ५२ रन बनाएका थिए भने सेसे बाउले ३०, चार्लेज अमिनीले २२, चाद चोपरले १३ र लेगा सिआकाले २१ रनको योगदान दिएका थिए ।
त्यसैगरी नेपाली बलर करण केसी र सन्दीप लामिछानेले ३-३ विकेट लिएका थिए भने अविनाश बोहोराले २ तथा सोमपाल कामीले एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउदै १८३ रन बनाएको हो ।
नेपालका लागि आसिफ सेखले सर्बाधिक ४३ रन बनाएका थिए भने रोहित पौडेलले ३४ रन बनाए ।
त्यसैगरी कुशल भुर्तेलले २० रन बनाए भने कुशल मल्लले ११ रन बनाए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले ४, आरिफ सेखले ३१, लोकेश बमले ५, करण केसीले १४ रन, सोमपाल कामीले १ रन र सन्दीप लामिछाने १ रन बनाए ।
त्यसैगरी पपुवा न्युगिनीका बलर चार्लेज अमिनी, अलेई नाओ, चाद सोपरले २-२ विकेट लिए भने नोरमान भनुआ र रिले हेकुरेले एक एक विकेट लिएका थिए ।
टी-२० सिरिज अन्तर्गत मंगलबार मलेसिया र पपुवा न्युगिनीबीचको खेल हुने छ ।




