रिबन

त्रिदेशीय टी-२० शृङखलामा नेपाल र पीएनजी आज खेल्दै

काठमाडौं । नेपालले आज त्रिदेशीय टी-२० श्रृंखलाको पहिलो खेल पपुवा न्यूगिनी (पीएनजी) सँग खेल्दैछ । घरेलु मैदानमा दुवै एक दिवसीय खेल हारेको नेपाल आज जितकाे नतिजाको अपेक्षासहित मैदानमा उत्रने छ ।

पीएनजी विरुद्धको दुवै खेलमा पराजित भएपछि नेपालले घरेलु भूमिमा खेलेको पहिलो द्विपक्षीय एक दिवसीय अन्तर्राष्ट्रिय शृङखला गुमायो ।

नेपालले अहिलेसम्म चार वटा एक दिवसीय अन्तर्राष्ट्रिय शृङखला खेल्दा पहिलो पटक शृङखला गुमाएको हो । यसअघि नेदरल्याण्ड्ससँग खेलेको ऐतिहासिक शृङखला बराबरी गरेको नेपालले यूएई र पीएनजीविरुद्धकै एक दिवसीय शृङखला जितेको थियो । टी-२० शृङखलामा नेपाल र पीएनजीसहित मलेसियासमेत सहभागी छ । तीन टिमबीच एक आपसमा दुईरदुई खेल हुनेछ र शीर्ष दुई टिमबीच फाइनल खेल हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *