काठमाडौं। हिमाली जिल्ला रसुवाको नौकुण्ड गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट ४ जना आकांक्षीको चर्चा चलेको छ । स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै पालिका अध्यक्षका लागि ४ जना आकांक्षीहरुको चर्चा चलेको हो ।
नौकुण्ड गाउँपालिकाको नेतृत्व लिन कांग्रेसबाट वर्तमान पालिका अध्यक्ष नर्वु स्याङ्वो घले, युवा नेता एवं सामान्य चिकित्सक तथा औसधी विज्ञ विष्णु प्रसाद न्यौपाने, कांग्रेस नेता दिलबहादुर मोक्तान र शुक्र थिंङ तामाङ टिकट हत्याउने होडमा लागेका छन ।
रसुवाकै बढी जनसंख्या रहेको पालिकामा कांग्रेसले कस्तो नेतृत्व अघि सार्ला भन्ने भनेर चासो र चर्चा हुन स्वभाविक हो । पालिकाबासीहरुले आफ्नो प्रतिनिधि बौद्धिक,जुझारु, केन्द्रदेखि ग्रामिणबस्तीसम्म सुमधुर सम्वन्ध भएको खोज्नु पनि अस्वभाविक होइन ।
नौकुण्डको गाउँपालिका अध्यक्षमा समाजेवी नेपाली कांग्रेसका युवा नेता, सामान्य चिकित्सक तथा औसधी विज्ञ विष्णुप्रसाद न्यौपानेले चुनाव जित्ने आधार सहित दाबी प्रस्तुत गरेका छन । संमृद्ध र समुन्नत पालिका निर्माणको मार्गचित्र बनाएर अघि बढेका न्यौपाने युवाहरुको सार्वधिक रुचाएका र नौकुण्डबासीले खोजेका उम्मेदवार हुन ।सेतीदेवी माध्यमिक विद्यालय धुसेनीबाट माध्यमिक तहसम्मको अध्ययन गरेका न्यौपानेले सञ्जीवनी कलेज अफ साइन्सबाट प्ल्स टु र नेपाल इन्सिच्युट अफ हेल्थ साइन्स कलेजबाट जनरल मेडिशिनको अध्ययन पुरा गरेका हुन । भ्याल्ली कलेज अफ टेक्निकल साइन्स कलेजबाट उनले औसधी विज्ञको उपाधि लिएका हुन । चिकित्सा शिक्षामा दक्षता हासिल गरेका न्यौपाने विभिन्न अस्पताल र आफ्नो प्राइभेट क्लिनिकमा विरामीको सेवा गर्दै आएका छन । आर्थिक अभावले उपचार गर्न नसकेका विरामीहरुको उनी आफ्नै क्लिनिकमा निःशुल्न चेक जाच तथा उपचार समेत गरिदिन्छन । समाजेवाका क्षेत्रमा सक्रिय न्यौपानेले गरिव,दुःखि र असहायको सेवा गदै आएका छन । हरेक परिवर्तन राजनीतिबाट मात्र संभव देखेका उनी आफ्नो गाउँ ठाउँको मुहार फेर्न राजनीतिमा होमिएका हुन ।
उनले कोरोना भइरसको महासमारीमा आफ्नो घर नै क्वारेन्टाइन बनाउन दिने देखि विभिन्न गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्ने,ग्रामिण क्षेत्रका विपन्न विद्यार्थीहरुलाई विद्यालय पोशाक, कलम कपी समेत वितरण गर्दै आएका छन ।
युवा मतदाताहरुको साथ पाएका न्यौपानेमा जनभावना बुझेर अघि बढ्ने खुवी छ । उनी गाउँदेखि केन्द्रसम्म चिनिएका युवा नेता हुन । स्थानीयको आग्रहमा चुनाव लड्ने तयारी गरेका उनी कुनै पनि हलतामा पछि नहट्ने बताउँछन । न्यौपाने सहज रुपमा चुनाव जित्ने दाबी गर्छन ।
पालिका अध्यक्ष नर्वु स्याङ्वो घले पुनः पालिका अध्यक्षमा दोहोरिने मनस्थितिमा छन । जनतासँग भिजेर काम गर्ने अवसर पाएका उनी आफ्नो कार्यकालमा थालिएका अधुरा काम पुरा गर्न र पालिकालाई थप समुन्नत बनाउन दोहोरिन चहान्छन । पार्टी महाधिवेशन प्रतिनिधि समेत रहेका घले पालिका अध्यक्षको प्रमुख दावेदार मानिन्छन । व्यवसाय, समाजसेवासँगै राजनीतिमा उदाएका घले त्यस क्षेत्रको भूगोल र समुदायसँग परिचित छन ।
तरुण दलका पूर्व अध्यक्ष समेत रहेका दिलबहादुर मोक्तानले नौकुण्ड पालिकाको अध्यक्षको चर्चा चलाएका छन । पार्टी राजनीतिमा सक्रिय उनी पार्टीको इकाई समिति सभापतिको समेत दाबेदार हुन । लामो समयदेखि पार्टी संठनमा सक्रिय उनी पालिका अध्यक्षको स्वभाविक दावेदार मानिन्छन । यस अघि पनि उनी पालिका अध्यक्षको शसक्त दावेदार थिए ।
नौकुण्डलाई बेस बनाएर पार्टी राजनीतिमा सक्रिय शुक्र थिंङ तामाङले यस पटक पालिका अध्यक्षको दाबी प्रस्तुत गरेका छन । पार्टी राजनीतिमार्फत पालिकाका जनतासँग सुमधुर सम्वन्ध स्थापित गरेका उनी अध्यक्षको प्रवल दावेदार मानिन्छन । तामाङ पालिकाको पार्टी राजनीतिको नेतृत्वका साथै पालिका अध्यक्षको टिकट हत्याउन लविङ गरिरहेका छन ।
नौकुण्डको उपाध्यक्षमा प्रदेश महाधिवेशन प्रतिनिधि ललतिा घले प्रमुख दावेदार छिन । महिला अधिकारकर्मी समेत रहेकी घले लोकप्रिय नेतृ हुन । सक्रिय राजनीतिमा रहेकी उनी पालिकाबासीका सुख दुःखमा साथ दिदै आएकी छिन ।




