रिबन

कांग्रेस केन्द्रीय समिति बैठक सुरु, चुनावी गठबन्धनबारे निर्णय हुने

काठमाडौं । प्रमुख सत्तारुढ पार्टी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको दोस्रो दिनको बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु बैठकमा चुनावी प्रचार अभियानमा खटिएका केन्द्रीय सदस्यले आफू गएको जिल्लाको वस्तुगत अवस्थाबारे जानकारी गराउँदै छन् । कांग्रेसले जिल्लामा पार्टीको वर्तमान अवस्थाबारे बुझेर फर्किएका केन्द्रीय प्रतिनिधिलाई विषयवस्तु अवगत गराउन ५ मिनेटको समय प्रदान गरेको छ । यसअघि पहिलो दिन गत शुक्रवारको बैठकमा ६ वटा प्रदेशका सभापतिसहित २७ जनाले शीर्ष नेतृत्वलाई आफ्नो धारणा पेश गरेका थिए ।

पार्टीका केन्द्रीय सदस्यहरुबीच स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धबीच तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा दुई धार प्रस्ट रुपमा देखिँदै आएको छ । पार्टीको संस्थापन पक्षका नेताहरु आवश्यकताको सिद्धान्तका आधारमा तालमेल गर्नुपर्ने मत राख्दै आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *