काठमाण्डौं । युक्रेन यतिवेला रुससंग जिवनमरणको लडाइ लडिरहेको छ तर युक्रेनका पुर्वसांसदकी पत्नी भने हगेरी भागेकी छिन । सारा देशवासी रुससंग युक्रेनमा लडिरहेको बेलामा भागेकी पुर्वसांसद इगोर कोभित्सकीकी पत्नी भने भारी रकम सहित देश छाडेर भागेकी छिन । उनकी पत्नी अनास्टासिया कोटभिटस्का भने हंगेरी २८ मिलियन अमेरिकी डलर र १ अर्ब ३ मिलियन युरो वोकेर विदेशीएकी हुन । यति ठुलो रकम वोकेर कुनै पनि ब्यक्ति देश वाहिर जान पाउदैन तर युद्धको अवस्थाको फाइदा उठाउदै उनी यसरी भागेकी हुन । पुर्वसांसद इगोर स्वयम पनि विवादस्पद ब्यक्ति हुन भने उनकी पत्नी मोडल हुन ।
इगाेर युक्रेन कै धनी मानिसमा पर्दछन । उनले श्रीमती गर्भवती भएकाेले वच्चा पाउन विदेश गएकाे वताएका छन तर यति ठुलाे रकम सहित हगेरीमा समातिएपछि उनी माथि मुद्धा चल्न थालेकाे छ।




