रिबन

त्रिभुवन विमानस्थलको सञ्चार प्रणालीमा समस्या, उडान प्रभावित हुने

काठमाडौँ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार प्रणालीमा खराबी आएका कारण आज दिनभरका उडान प्रभावित हुने त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

सञ्चार प्रणालीको खराबीका कारण आन्तरिक तथा बाह्य उडान तालिका हेरफेर हुनसक्ने जनाइएको छ । उडानहरू निर्धारित समयभन्दा ढिलो हुनसक्ने बताइएको छ ।

विमानस्थल कार्यालयद्वारा जारी सूचनामा भनिएको छ ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कम्युनिकेसन प्रणालीमा खराबी आएका कारण आजका सम्पूर्ण उडानहरू प्रभावित हुने र उडानहरू ढिला हुन जाने छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *