रिबन

अस्तित्वको संकट उत्पन्न भए मात्र परमाणु हतियार प्रयोग गर्छौं : रुस

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पोस्कोभले अस्तित्वको संकट उत्पन्न भए मात्र रुसले परमाणु हतियारको प्रयोग गर्ने बताएका छन् ।

उनले यसको प्रयोग मुलुकको सुरक्षाको लागि गरिने पनि स्पष्ट पारेका छन् । मंगलबार अमेरिकी सञ्चारमाध्यम सीएनएनसँगको अन्तर्वार्तामा उनले युक्रेनमा भइरहेको युद्धमा परमाणु हतियारको प्रयोग हुन सक्ने सम्भावनालाई नकारेका हुन् ।

उनले भने, ‘देशको सुरक्षालाई लिएर हाम्रो एउटै धारणा छ र यो खुला छ । तपाईं देख्न सक्नुहुन्छ कि कस्तो अवस्थामा परमाणु हतियार प्रयोगको कुरा भएको छ । यदि हाम्रो मुलुकको अस्तित्वको प्रश्न उत्पन्न भयो भने हामी आफ्नो नीति अनुसार परमाणु हतियार प्रयोग गर्न सक्छौं ।’

यसअघि युक्रेनमा आक्रमण शुरु भएको केही दिनपछि फेब्रुअरी २८ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु हतियारलगायतका महत्वपूर्ण हतियारलाई पनि अलर्टमा राख्ने आदेश दिएको बताएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *