काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग टू प्रतियोगिता अन्तर्गतको त्रिदेशीय शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले पीएनजीलाई पराजित गरेको छ । १७४ रनको लक्ष्य नेपालले ३७ औँ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा आरिफ शेख र कुशल मल्लको अर्धशतकको महत्वपूर्ण भूमिका रह्यो । आरिफ ५९ रनमा नटआउट रहँदा कुशलले ५० रन पूरा गरे । रोहित पौडेल ४४ रनमा अविजित रहे ।कुशलले ६४ बलमा ४ चौका र १ छक्कासहित करिअरको दोस्रो अर्धशतक पूरा गरे । कुशल रआरिफले दोस्रो विकेटका लागि ८७ रनको साझेदारी गरेका थिए ।
टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७३ रन बनाएपछि नेपालले १७४ रनको लक्ष्य पाएको थियो ।कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले दुई–दुई विकेट लिए । यस्तै, करण केसी, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी र पवन सर्राफले एक–एक विकेट लिए ।
यहि शृंखलामा नेपालले यसअघि पीएनजीलाई हराएको थियो ।




