राजनीति

संसद विघटन ठीक छ भन्नु अस्थिरताको पक्षमा हिँड्नु बराबर होः घनश्याम भुसाल

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले संसद विघटन ठीक छ भन्नु अस्थिरताको पक्षमा हिँड्नु बराबर हुने बताएका छन् ।

मंगलबार पत्रकारहरुसँग कुरा गर्दै उनले संसद विघटन गलत थियो भनेर सर्वोच्च अदालतको संवैधानिक इजलासले भनिसकेको भन्दै अब पनि संसद विघटनको पक्षपोषण गर्नु एमालेका लागि उचित नहुने बताए।

‘अब पनि फेरि संसदको यस खालको विघटनहरु ठीक छ भनेर जानुको अर्थ सोझासोझी अस्थिरताको पक्षमा हिँड्नु हुन्छ’ उनले भने, ‘जुन काम नेकपा एमाले, यति जिम्मेवार पार्टीको तर्फबाट हामीले गर्नुहुन्न, गर्दैनौं।’

नेता भुसालले संसद विघटनको पक्षपोषण गरेमा संविधान भत्किन सुरु हुने बताए।
‘सर्वोच्च अदालतको त्यो निर्णय गलत छ भनेर हामी जाने हो भने हेर्नुहोला यो संविधान भत्किन सुरु हुन्छ’ उनले भने।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *