काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मन्त्रिपरिषदमा हेरफेर हुन सक्ने बताएका छन्।
चुनाव केन्द्रित कार्यक्रमको विषयमा प्रशिक्षण दिन र अगुवा कार्यकर्तासँगको भेटघाटका लागि मंगलबार जनकपुर पुगेका अध्यक्ष प्रचण्डले मन्त्री हेरफेरबारे छलफल भइरहेको बताएका हुन् । ‘मन्त्रिपरिषदमा हेरफेरको कुरा चलेको छ, तर अहिलेसम्म औपचारिक ढंगले टुंगिएको चाहिँ छैन, सम्भावना छ’ उनले भने ।
साथै अध्यक्ष प्रचण्डले मन्त्रिपरिषद्मा हेरफेर हुँदा पार्टीलाई हैसियतअनुसारको हिस्सा दिनका लागि प्रधानमन्त्रीलाई भनेको पनि बताएका छन् ।
गठबन्धन बचाउनका लागि माओवादीले त्याग गरेको पनि उनले सुनाए । ‘विगतमा प्रधानमन्त्रीले महाधिवेशनसम्म सहयोग गर्नुपर्यो भन्नुभयो । माधव नेपालले मैले भर्खर पार्टी बनाएकाले सहयोग गर्नुपर्ने भनेकाले हिजो त्यस्तो भएको हो’ उनले भने ।




