काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले स्थानीय तहको चुनावमा सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीचमा तालमेल हुने बताएका छन् । आज (सोमबार) काठमाडौंको शंखरापुर नगरपालिकामा भएको कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
नेकपा एकीकृत समाजवादी शंखरापुर नगर कमिटीका अध्यक्ष श्यामकुमार वाइबाका अनुसार अध्यक्ष नेपालले सत्ता गठबन्धनमा रहेका दलहरुबीच तालमेलका विषयमा छलफल भइरहेको बताएका थिए । ‘चुनावमा तालमेल हुन्छ । तर, मोडेलको विषयमा छलफल भएको छैन । आन्तरिक रुपमा रिर्पोटिङ पनि चलिरहेको छ ।
त्यसपछि मोडेलको विषयमा पनि छलफल हुन्छ ।’ अध्यक्ष नेपालको भनाई उद्धृत गर्दै वाइबाले भने । सत्ता गठबन्धनमा स्थानीय तहको चुनावमा हुने गठबन्धनबारे अझैं निणर्य हुन सकेको छैन् । गठबन्धन आवद्ध दलका स्थानीय तहमा खटिएको टोलीले ‘रिर्पोट’ बुझाएपछि मात्रै तालमेलको ठोस कुरा हुने नेताहरुले बताइरहेका छन् ।




