रिबन

६ महिनाअघि बिहे गरेकी परिवारकी एक्ली छोरी उर्मिलाले अरुलाई बचाइन् तर आफूलाई बचाउन सकिनन्

प्रहरी जवानको मृत्यु प्रकरण

काठमाडौं । मोरङको लेटाङ नगरपालिका– ५ खेरुवास्थित शिक्षा विकास मा.वि.का ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत १४ वर्षीया छात्रालाई शुक्रबार होली पर्वको दिन रङ लगाउने क्रममा यौन दुर्व्यवहार गरेको भन्दै स्थानीयले आईतबार विद्यालय घेराऊ गरेका थिए ।

दिउँसो १ बजेको समयमा स्थानीयले शिक्षकलाई नै कुटपिट गर्ने अवस्था आएको थाहा पाएपछि नेपाल प्रहरीको सशस्त्र प्रहरी गणको टोली उक्त झडपमा पुगेको थियो ।

त्यही टोलीमा थिइन् प्रहरी जवान उर्मिला श्रेष्ठ । विराटनगरबाट मोरङ पुग्न ३ घण्टा लाग्ने हुदा साँझ ७ बजे आसपासको समयमा उर्मीला रहेको प्रहरी टोली घटनास्थल पुग्यो।

स्थिति निकै तनावग्रस्त बन्दै जान थाल्यो । प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर र आश्रुग्याँस प्रहार गर्‍यो । स्थानीयमध्ये केही घरेलु हतियार पनि बोकेर आएका थिए। दोहरो झडपमा मोरङ प्रहरीका एसपी जनार्दन जिसीसहित थुप्रै प्रहरी घाइते भए ।

अध्यारो हुँदै गएपछि भीड आक्रोसित हुँदै गयो । प्रहरीलाई नै लखेट्न थाल्यो ।

दोहोरो झडप बढ्दै जाँदा रातको ९ बजेको थियो । ईलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक (इन्सपेक्टर) रोमनराज अर्यालले भने,“सानो गेटबाट भागभाग हुन थाल्यो । प्रहरीमाथि सिसाका बोतल, ढुङ्गामुढा बर्सिन थाले । त्यही क्रममा उर्लिएको भीडले उर्मीलामाथि आक्रमण गर्‍यो । उनले ज्यान जोगाउन सकिनन् । घाँटीमा धारिलो हतियारले प्रहार भयो ।”

अरुलाई सुरक्षित गर्न ड्युटीमा खटिएकी उर्मिला अपराधीहरुको हातबाट मारिइन् । अरुलाई जोगाइन् तर आफूलाई जोगाउन सकिनन् ।

इन्सपेक्टर रोमनराज अर्याल आफैले उर्मिलालाई मैदानमा उठाएर मोटरसाइकलमा हालेर कोशी अस्पताल विराटनगर पठाए । रगताम्य उर्मिला अचेत थिइन् । प्रहरी पोशाकमा रगत बगिरहेको थियो । उनको मुटुको धड्कन थिएन । उनलाई अस्पतालले मृत घोषणा गर्‍यो।

लोकसेवा आयोगको परीक्षामा असफल भएपछि उनले ३ वर्षअघि प्रहरी जवानमा जागिर खाएकी थिइन् । खोटाङ माइती घर भएकी उर्मिलाको विवाह उदयपुरमा भएको विष्णुले बताए । उनको विवाह भएको लामो समय भएको छैन ।

खोटाङ माइती घर भएकी उर्मिलाको विवाह उदयपुरमा भएको हो। उनको विवाह भएको ६ महिना मात्रै भएको रहेछ ।

उनका श्रीमान् र दाजु पनि प्रहरी सेवामै कार्यरत रहेका छन्। उर्मिलाका बुवाआमा, श्रीमान् उनको अन्तिम संस्कारका लागि कोशी अस्पतालमा भेला भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *