समाचार

युक्रेनको सुमीस्थित रासायनिक प्लान्टबाट अमोनिया लिक, स्थानीयलाई सो क्षेत्र छोड्न आग्रह

काठमाडौँ । युक्रेनको उत्तरपूर्वी सहर सुमीमा रहेको एक रासायनिक प्लान्टबाट अमोनिया लिक भएको बताइएको छ । सुमीका गभर्नर दिमित्रो जाभ्यात्स्कीले एक रासायनिक प्लान्टबाट अमोनिया लिक भएको जानकारी दिएको बिबिसीले उल्लेख गरेको छ ।

गभर्नर जाभ्यात्स्कीले सुमिखिमप्रोम प्लान्टको पाँच किलोमिटर दायरा भित्रका बासिन्दाहरूलाई ग्यास खतरनाक भएकाले सो क्षेत्र छोड्न आग्रह गरेका छन् ।

यद्यपी, यो किन र कसरी भयो भन्नेबारे उनले खुलाएका छैनन् ।

जाभ्यात्स्कीले आफ्नो टेलिग्राम एकाउन्टमार्फत स्थानीय समय अनुसार विहान ४:३० बजे ग्यास लिक भएको उल्लेख गरेका छन् ।

यसैबीच युक्रेनले मारियुपोलमा आत्मसमर्पण गर्न अस्वीकार गरेको छ । रुसले स्थानीय समय अनुसार साँझ ५ बजेसम्म सहर छाड्न भने पनि युक्रेनी पक्षले अस्वीकार गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *