रूस युक्रेन युद्धकाे दाैरान करिव ६५ लाख मानिसले थातथलाे छाडेकाे प्रारम्भिक नतिजा सार्वजनिक भएकाे छ। याे अंक देशकाे एक भागबाट अर्काे भागमा जानेकाे हाे र, सिमा नै छाडेर करिव ३२ लाख मानिस हिंडिसकेका छन। रूस युक्रेन युद्ध भएकाे महिना हुन लाग्याे,याे विचमा यतिका मानिसकाे विचल्ली भएकाे छ।र,याे कहाँ पुगेर अन्त्य हुन्छ,कसैलाइ थाह छैन।
युक्रेन युद्धमा वार्ता पनि सँगसँगै भइरहेकाे छ।युक्रेनले महिना युद्ध थेगेकाे छ-रूसजस्ताे शक्तिशाली देशसंग । तर,रूसलाई पनि चीन जस्ताे उदयमान शक्तिकाे हात रहेकाे देखियाे।युक्रने जब नाटाेकाे सदस्य बन्न खाेज्याे,तब रूसलाई याे असह्य भयाे अनि उसले वम र वारूदकाे गाेला वर्साउन थाल्याे। युद्धकाे करिव तिन साता हुन लाग्दा हायलकायल भएका युक्रेनका राष्ट्रपति भाेलाेदिमिर जेलेन्स्रकीले युक्रेन नाटाेकाे सदस्य नबन्ने युकेकाे संसदलाइ सम्वाेधन गर्दै बताए।याे अभिब्यक्तिले अमेरिका हारेकाे र रूसले जितेकाे सन्देश दियाे तर युक्रेनी जनताकाे जित भयाे कि हार ? यदि यसरी कान समाएर नाटाेकाे सदीय बन्दिन भन्ने वचन दिनु थियाे भने युक्रेन युद्धमा किन हाेमियाे ? के पश्चिमा शक्ति अन्य शक्ति (रूस,चीन )सँग लडन माेहरा खाेज्छन,लडाउँछन र आफु चाहि माैन वसेर रमिता हेर्छन भन्ने पुष्टि भएन र ? यी तमाम प्रश्नले अहिले पश्चिमाहरू चेपुवामा परेका छन।
रूसले तमाम चुनाैतीकाे समाना गर्दै युक्रेनलाइ प्रहार गरिछाडयाे। यसले पुटिनकाे रूस र रूसमा पुटिनलाई के असर गर्ला पछि थाह हुनेछ। तर तत्काल ठुलाे असर भने युक्रेन र अमेरिकाकाे अहंमा गरेकाे छ।
अमेरिकाले युक्रेनलाइ नाटाेकाे सदस्य वनाउन नसक्ने भयाे। युक्रेनकाे अस्तित्व संकटमा परिसक्याे। यसकाे क्षतिपुर्ति कसरी हुन्छ ? नाटाे गठवन्धन र युराेपियन युनियनले रूसलाइ आर्थिक नाकावन्दी गरेका छन।यसले रूसकाे ढाड त पक्कै भाच्नेछ तर ग्यास र पेट्राेलकाे जुन भाउ वढेकाे छ-यसले युराेप र अमेरिकालाइ के असर पार्छ ? के रूसकाे ग्यास नपाएपछि पनि युराेप वाचिरहन सक्छ ?
शुक्रवार मध्यरातमा यी तमाम समस्याकाे वारेमा अमेरिकी राष्ट्रपति जाे वाइडन र चिनिया राष्ट्रपति सी जिन पिङ विच वार्तालाप भयाे । वार्तामा चिनले अर्काे शीतयुद्धकाे थालनी नगर्न चेतावनी दियाे । र,नाटाे गठवन्धनलाई रूससँग वार्ता गर्न सुझाव दिए। अर्थात प्रष्ट रूपमा चिनले रूसकाे पक्ष लियाे।
एक ध्रुवीय विश्वकाे लगभग तिस वर्ष अमेरिकाले नेतृत्व गरयाे।अब याे एकल ध्रुवीयबाट दुइ ध्रुवीय विश्व हुनेतिर गइरहेकाे छ।रूसले आफुलाइ सम्हालेर ल्याएकाे छ भने चिनले विश्व नै नेतृत्व गर्ने सपना देखेकाे छ।
कैयाैं विद्धानहरू अव पश्चिमीकरणबाट विश्वपुर्वीकरण हुनेछ भन्न थालेका छन।अर्था २२ औं शताब्दी एशियाले नेतृत्व गर्ने धेरै विद्धानकाे अनुमान छ। यस हिसावले हेर्दा पश्चिमा शक्ति अस्तित्व रक्षाकाे अवस्थामा छ भने पुर्वीय देशहरू शक्ति आर्जनकाे दिशामा लम्किएका छन। याे रस्साकस्सी चलिरहेकाे छ।
खासगरि,ठूलाे विध्वंश,युद्ध वा प्राकृति प्रकाेपपछि विश्वकाे गतिमा नै परिवर्तन आउँछ।विश्वलाई नै काेठामा बन्द गरिदिएकाे काेभिड, युक्रेन-रूस युद्धकाे ताताे असरले के यसपछि पनि विश्व पुरानै अर्डरमा रहिरहनेछ।विश्व ब्यवस्था कस्ताे हुनेछ ? विश्वकाे आर्थिक अवस्था के हुनेछ ? विकासकाे चुलीमा पुगेका देशले अर्थाेपार्जनकाे लागि के विधि अपनाउनेछन ? र,प्राकृति खनिज र पुर्वाधारमा प्रचुर सम्भावना भएका एशियाका देश चम्किदा पश्चिमकाे आर्थिक अवस्था के हुनेछ ? यी तमाम प्रश्न छन । र,विश्वकाे शक्ति सन्तुलनमा जुन असर पर्दैछ,यसले ठूला देशमा जुन घर्षण हुनेछ,त्यसबाट उत्पन्न हुने राप र तापले साना देशहरूमा कस्ताे असर हुनेछ ? जस्ताे,युक्रेन वलिकाे वाेका भयाे । खास द्धन्द्ध अमेरिका-रूसकाे थियाे।नाटाे गठवन्धन एकातिर छ, चीन,रूस अर्काेतिर छ।र,भारत जस्ताे प्रजातान्त्रिक देश रूसले सानाे देशलाई हमला गर्दा युएनमा माैन बसेकाे छ।यसले देखाउदैन र विश्व परिवेश परिवर्तन हुदैछ भनेर ? यहा,वाद,ब्यवस्थाले काम गर्न छाडेकाे छ र स्वार्थ हावी हुन थालेकाे छ।यस्ताे अवस्थामा नेपाल जस्ताे देशकाे भूमिका के हुने ? वदलिदाे परिस्थितमा कसरी आफुलाइ समयानुकुल वनाउने ? ठूला देशकाे संघर्षबाट कसरी जाेगिने ? र,आर्थिक रूपमा जुन संकटमा नेपाल छ,यसलाई कसरी हल गर्ने ? यी केही सवाल छन ।
नेपाल जस्ताे देशकाे शक्ति भनेकाे नै संयुक्त राष्ट्रसंघ हाे । तर,रूस-युक्रेन युद्धकाे दाैरान शक्ति राष्ट्र जसरी चम्किएर मैदानमा उत्रिएका छन-युएनकाे भुमिका गाैण देखिएकाेछ।उसले हस्तक्षेप नै गर्न सकेकाे छैन।यसाे हुनु भनेकाे कमजाेर र गरिव राष्ट्रकाे सार्वभाैमिकता चुनाैतीमा रहनु हाे।भाेलि नेपाललाई चीन वा भारत कसैले हमला गरे ? यसकाे रक्षा कसले गर्छ ?
विश्व यसरी चुनाैतीले भरिन थालेकाे छ तर नेपाललाई यी सब खवर छ कि छैन । यहा त एउटा काखमा बस्ने उसकाे सुरूवाल चिसाे पार्ने,अनि फेरि काख फेर्ने र अर्काकाे काख चिसाे पार्ने खेलमा मात्र ब्यस्त रहेकाे देखिन्छ।भावनामा बग्ने मानिसकाे दुरदृष्टि हुदैन।चुनाव देखि चुनावसम्म हेर्ने नेताकाे भर हुदैन। उसले केवल चुनाव देख्नछ र चुनाव जित्नकाे लागि जे पनि गर्छ र जे पनि भन्छ।तर,यहा नेता हाेइन,राजनेता चाहिएकाेछ-जसले वदलिएकाे विश्वकाे याे राप र ताप पनि वुझन सकाेस।
छ काेही माइका लाल ?




