रिबन

अमेरिका र चिनिया राष्ट्रपतिविच दुइ घण्टा भिडियाे वार्ता : सीले भने-नाटाेले रूससंग वार्ता गर्नुपर्छ

काठमाण्डाैं।अमेरिकी राष्ट्रपति जाे वाइडन र चिनिया राष्ट्रपति सि जिन पिङ विच दुइ घण्टा लामाे भिडियाे सम्वाद भएकाे छ।रूस-युक्रेन जारी युद्धकाे सन्दर्भमा दुइ शक्तिशाली देशका राष्ट्र प्रमुख विच वार्तालाप भएकाे हाे । सम्वादमा चिनिया राष्ट्रपति सिले नाटाेले रूससंग सम्वाद गर्नुपर्ने वताएका छन।उनले रूसलाइ अनावश्यक रूपमा नाकावन्दी गर्न नहुने वताए। राष्ट्रपति वाइडेनले भने अमेरिका नया काेल्ड वारकाे पक्षमा नरहेकाे वताए।उनले यसाे भन्ने वित्तिकै राष्ट्रपतिले सिले रूसलाइ वन्देज नगर्न भनेका थिए।

सीकाे भनाइ उदृत गर्दै ग्लाेवल टाइम्सले लेखेकाे छ-कुनै पनि देश वार्ताकाे टेवल छाडी एकै पटक युद्ध भुमिमा भेटिनु उचित हुदैन। मुठभेड कसैले पनि चाहदैन।अर्न्तराष्ट्रिय समुदायले शान्ति र सम्वादलाइ नै प्राथमिकता दिनुपर्छ।

दुइ राष्ट्रपति विचकाे याे सम्वादले अमेरिका-चिनकाे सम्वन्ध मात्र प्रगाढ नभइ विश्वलाइ नै यसले गति दिने चिनिया पक्षकाे वुझाइ रहेकाे छ। वार्ता भन्दा केही समय अघि मात्र चिनले अमेरिकालाइ कडा चुनाैती दिएकाे थियाे।युक्रेनकाे सन्दर्भमा अमेरिका हस्तक्षेप गरेमा सहेर नवस्ने र चिनकाे इन्ट्रेष्टमा धक्का लाग्ने काम गरेमा नसहने चेतावनी दिएकाे थियाे।चिनले युक्रेन युद्धमा अमेरिका फसेकाे मुल्यांकन गरेकाे छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *