कला/साहित्य

फगुवा रमायो

उत्साहले बाँच सदैव हाँस
रँगाउदै जीवन दीर्घ साँच !
निराशका रात प्रभात जाऊन्
उगाउँदै शीतलता सजाऊन् ।१।

वसुन्धरा सुन्दर चेहरामा
हाँसून् खुसाऊन् रमणीयतामा
बोली खुलून् कोयल न्याउलीका
नाचून् जुरेली नव रङ्ग नाका ।२।

जुही चमेली मुजुरा पलाँस
पलाउँदा उत्सव प्रेम पाश
रङ्गीन बस्ती फुल आरुचाले
नौलाख माया भर सिर्जनाले ।३।

उमङ्गमा दङ्ग थपेर भोलि
घुम्नेछ मान्छे ऋतुराज खोली ।
उल्लास छायो ममता रँगायो
नौरङ्ग वर्षा फगुवा रमायो ! ।४।

मान्छे बनोस् सेवक एकता होस्
नहोस् कुनै भक्षक देवता होस् !
मिलापका मन्जिल मन्त्रदान
हिमालको आँगन पावनी होस् । ।५।

*  *       *

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *