रिबन

एमालेसँग गठबन्धन गर्ने वा नगर्ने कांग्रेसमा भर : प्रचण्ड

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग गठबन्धन गर्ने वा नगर्ने नेपाली कांग्रेसमा भर पर्ने बताएका छन् ।

बिहीबार बुटवलमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले तत्काल एमालेसँग सहकार्यको सम्भावना नरहेको बताए । उनले भने, ‘तत्काल एमालेसँग सहमति हुने सम्भावना छैन । तर यो एक हदसम्म कांग्रेसको व्यवहारमा भर पर्छ ।’ उनले आफूहरु पाँचदलीय गठबन्धनमा रहेको भन्दै केही नेताहरुले कुनै हालतमा तालमेल गरिँदैन भनेर अतिवाद ढंगले बोल्न थालेको बताए ।

उनले कांग्रेसका केही नेताले माओवादीसँग कुनै हालतमा गठवन्धन हुँदैन भन्ने खालका अतिवादी विचार राखिरहेपनि सभापति एवं प्रधानमन्त्री देउवाले भने तालमेलको पक्षमा रहेको बताए ।

प्रचण्डले भने, ‘अब उहाँहरुलाई बोल्न बन्द गर भन्नुभएको छ । यदि कांग्रेसले लखेट्न थाल्यो भने परिस्थिति के हुन्छ भन्न सकिन्न ।’ तर, उनले एमालेसँग तालमेल गर्ने अवस्था नदेखेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *