रिबन

पूर्वमन्त्री तामाङले दुरुपयाेग गरे मेलम्ची खानेपानीकाे गाडी, साढे सात लाखकाे मर्मत बिल पेस

सिन्धुपाल्चोक।पूर्वमन्त्रीसमेत रहेका एमाले सांसद शेरबहादुर तामाङले मेलम्ची खानेपानी आयोजना (विकास समिति) को गाडी अनधिकृत रुपमा प्रयोग गरेकाे पाइएकाे छ । सांसद तामाङले एक वर्ष चढेकाे बा १ झ ८७६८ नम्बरको हाइलक्स जापानीज गाडी मेलम्ची खानेपानी आयोजनाको हो । उनले पहुँचकै भरमा राज्यको सम्पत्ति एक वर्षसम्म निजी र पार्टीको काममा प्रयोग गरेकाे पाइएकाे हाे । गाडी बिग्रिएपछि ग्यारेजमा थन्काइदिएका छन् ।

 उक्त गाडी कान्तिपुर कारखाना कोटेश्वरमा थन्काइएको छ । गाडी मर्मतमा ७ लाख ६५ हजारकाे स्टिमेट बिल मेलम्ची खानेपानी आयोजनामा पुगेको छ ।

मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तका अनुसार सांसद तामाङले गाडी मर्मत बिल मेलम्ची खानेपानी आयोजनाको कार्यालय समक्ष पेस गरेका छन् । उनी भन्छन्, ‘मेलम्ची खानेपानी आयोजनाले बा १ झ ८७६८ नम्बरको हाइलक्स गाडी भूमि आयोगलाई दिएकोमा कसरी सांसदले प्रयोग गर्नुभयाे, बुझ्नुपर्छ ।’   

ग्यारेजमा यसरी थन्किएको छ गाडी

सांसद तामाङले मेलम्चीमा बाढी अर्थात गत असार भन्दा अघि १० दिनका लागि मेलम्चीकाे  गाडी लगेका थिए । उनले विना कागज पहुँचको भरमा सो गाडी प्रयोग गर्दै आएका उनी निकट स्रोतको भनाइ छ । तामाङले आफ्नै निजी चालक राखे पनि इन्धन र मर्मत खर्च खानेपानी आयोजनाले तिर्ने गरेकाे छ । 

मेलम्ची खानेपानी आयोजनाका जिन्सी शाखा प्रमुख शम्भु पोखरेलका अनुसार सो गाडी भूमि आयोगलाई दिइएको थियो । पछि सांसद तामाङले केही दिनका लागि भन्दै गाडी लगेकाे तर फिर्ता नगरेको जिन्सी शाखा प्रमुख पोखरेले बताए ।

Avatar
Avatar
Avatar
Avatar
Avatar

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *