रिबन

युक्रेनले नेटोमा सामेल नहुने स्वीकार्नुपर्छः जेलेन्स्की

किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देश उत्तर एटलान्टिक सन्धी संगठन नेटोमा सामेल नहुने स्वीकार्नु पर्ने बताएका छन् । रुसीले युक्रेनमाथिको हमला थप तीव्र पारिरहेका बेला राष्ट्रपति जेलेन्स्कीको भनाई आएको हो । युक्रेनमाथि रुसी हमलाको एउटा कारण युक्रेन नेटोको सदस्यता बन्ने चाहना देखाउनु पनि हो ।

‘यो प्रष्ट छ की युक्रेन नेटोको सदस्य होइन । यसलाई हामीले बुझ्नुपर्छ । हामी पर्याप्त मानिसहरु हौँ,’ सैन्य अधिकारीहरुसँगै बसेर एउटा भिडियो सम्मेलनमा उनले भने, ‘हामीले वर्षैदेखि सुनेका छौं की ढोकाहरु खुला थिए । हामीले यो पनि सुन्यौ की हामी नेटोमा आबद्ध हुन सक्छौं । यो सत्य हो र यसलाई पहिचान गर्नुपर्छ । ’

आफ्नो देशले ‘नेटोको ढोका’ बन्द भएको स्वीकार गर्नुपर्ने उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *