राजनीति

महामन्त्री शर्माले भने- गठबन्धन हुने नहुने कुरा टिकट वितरण गर्ने तहकाे सर्वाेत्तम विवेकमा भरपर्छ

खाँदबारी। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले अहिलेको गठबन्धन चुनावसम्म रहने नरहनेबारे पार्टीको केन्द्रीय समितिले निर्णय गर्ने बताएका छन । पार्टी प्रशिक्षणका क्रममा खाँदवारी पुगेका महामन्त्री शर्माले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने या नगर्ने भन्ने विषयको टुङ्गो चैत तेस्रो साता बस्ने केन्द्रीय समितिको बैठकले लगाउने शर्माले बताएका हुन । जुन तहले टिकट वितरण गर्छ त्याे तहकाे विवेकले चुनावमा गठवन्धन गर्ने नगर्ने कुराकाे निर्णय गर्ने उनकाे तर्क थियाे ।    

नेपाल प्रेस युनियनले सदरमुकाम खाँदबारीमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री शर्माले पार्टीको केन्द्रीय समितिको सुझावअनुसार नै गठबन्धनबारे निक्र्योल गरिने बताए । “स्थानीय तहको निर्वाचन वैशाख ३० गते नै हुन्छ”, उनले भने स्थानीय तह निर्वाचनलाई लक्षित गरी ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गरिएको हाे।    
    
 कांग्रेसले पार्टी नयाँ ढङ्गको बनाउन र जनतासँग समन्ध स्थापित गर्न अभियान सञ्चालन गरिहेको महामन्त्री शर्माले बताए ।चुनावमा विचारको मुद्दा र विकासबारे बहस गर्नु जनताका लागि हितकार हुने उनले उल्लेख गरे । कांग्रेसले सत्ता सञ्चालन गरेको छोटो समयमा नै ७० प्रतिशतभन्दा बढी नागरिलाई कोरोना विरुद्धको खोप लगाउन सफल भएको शर्माले बताए ।    

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *