काठमाण्डाै । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धन दलबीचको तालमेललाई प्राथमिकता दिएर आगामी निर्वाचनमा जाने पार्टीको सोच रहेको बताएका छन । साेमवार विहान धनगढी विमानस्थलमा पत्रकारहरुसग वाेल्दै अध्यक्ष दाहालले पहिलो जोड आफ्नै तागतले निर्वाचन जित्ने रहेकाे वताए । उनले दलहरुविच तालमेललाइ दाेस्राे स्थानमा राखेकाे वताए। उनले भने-सकेसम्म एक्लै चुनावमा जानुपर्छ, तालमेलको सम्भावना भयो भने गठबन्धनका दलहरुसँगको तालमेललाई प्राथमिकता दिनुपर्छ ।
प्रधानमन्त्रीले गठबन्धनलाई असर पार्ने कुरा नबोल्न भनेर केही दिन अघि आफ्नै दलका नेतालाई निर्देशन गरेकाे स्मरण गराउँदै अध्यक्ष दाहालले गठबन्धन दलका शीर्ष नेतृत्व गठबन्धनलाई अगाडि लिएर जाने कुरामा द्धिवीधामा नहरेको बताए । अर्को प्रसङ्गमा अध्यक्ष दाहालले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसलाई पनि सहभागी गराउने विषयमा छलफल भएको बताए ।




