काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भीम रावलले एमसीसीको विरोध गरेको प्रति आक्रोश पोखेका छन् ।
नुवाकोटमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले आफु रक्षामन्त्री रहेको क्याबिनेटले संसदमा दर्ता गर्ने प्रस्ताव पारित गरेको विषयमा रावल नबोलेको र त्यति बेला विरोध गरेर राजीनामा किन नगरेको भन्दै आक्रोश पोखेका हुन् ।
प्रधानमन्त्री देउवाले भने- ‘भीम रावल सबैभन्दा बढी एमसीसीको खिलापमा बोल्नुहुन्छ । एमसीसी खराब थियो भने त्यसबेला मन्त्रीबाट राजीनामा गरेर किन विरोध किन नगरेको ? आफु मन्त्री हुदा क्याबिनेटले पास गरेर संसदमा ल्याउने अहिले मैले ओलीजी ले ल्याएको प्रस्ताव ल्याउदा विरोध गर्ने ? केपी शर्मा ओलीको सरकारमा रक्षा मन्त्री थिए उनी, त्यसबेला किन बोल्नुभएन, अहिले आएर किन विरोध गर्नुहुन्छ, लाज छैन ।’




