काठमाण्डौं । चिनमा कोरोना भाइरस संक्रमित फेरि वढन थालेका छन । गएराती मात्र चिनमा करिव चार हजार कोरोना संक्रमित फेला परेका छन । चिनको वुहानबाट सुरु भएको कोरोना पछिल्ला दिनमा अन्य देशमा सरेपनि चिनमा यो रोग नियन्त्रणमा थियो । चिनमा एकैदिन ३हजार ३९३ जना संक्रमित फेला परेपछि चिन्ता बढन थालेको हो । चिनमा दुइ बर्ष यता सवैभन्दा धेरै कोभिडका विरामी फेला परेका हुन ।
चिनको मुख्य भुमिमा नै अहिले हजार भन्दा बढी संक्रमित फेला पर्न थालेका छन । लक्षण भएका र लक्षणविहिन गरि ठुलो संख्यामा संक्रमित फेला पर्न थालेपछि अहिले थप सतर्कता अपनाउन थालिएको छ । पुर्वी चिनको स्यानडोङ्ग,उत्तर पुर्वी चिनको जिलिन जस्ता क्षेत्रम कोभिडका विरामी देखिन थालेका हुन ।




