समाचार

निर्माण व्यवसायी महासंघको अध्यक्षका लागि तीन जनाको उम्मेदवारी

काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ।

निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत टंक दुलालले महासंघका वर्तमान अध्यक्ष रवि सिंह, वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे र हुमनाथ कोइरालाले अध्यक्षका लागि उम्मेदवारी दिएको जानकारी दिए।

उम्मेदवारी फिर्ता लिने समय आज साँझ ५ बजेसम्म तोकिएको छ। मतदान भने आइतबार हुनेछ। महासंघको पूर्ण समितिमा ५९ सदस्य हुने भए पनि हाल ४६ सदस्यका लागि मात्र निर्वाचन हुन लागेको छ। अन्य सदस्यहरू मनोनित र पदेन हुने व्यवस्था छ।

मतदाता संख्या १ हजार १ सय ९८ रहेको निर्वाचन समितिले जानकारी दिएको छ। शुक्रबार सुरु भएको महासंघको २३ औं साधारणसभा तथा १२ औं अधिवेशन आइतबारसम्म चल्नेछ। देशका ७७ जिल्लाबाटै निर्माण व्यवसायीसम्बद्ध प्रतिनिधिहरू नयाँ नेतृत्व छान्नका लागि काठमाडौंमा जम्मा भएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *