कला/साहित्य

श्रीराम श्रेष्ठका हाइकु

१,
मध्यरातमा
सम्झनाले तर्सायो
व्यर्थ जिउनु !
२,
आकाशे तारा
चमचम चम्कियो
खोइ उज्यालो !
३,
रातको बेला
निदाउन खोज्दामा
स्वर्गानूभूति !
४,
रहर लाग्यो
आकाशमाथि उड्ने
भुइँमै लडेँ !
५,
एकान्त वास
मनमा कुरा खेल्यो
भुइँ नै रित्तो !
६,
ध्यानमा लिप्त
सिङ्गो संसार हेर्दै
शून्य दिमाग !

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *