काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भौतिक पूर्वाधारविना देशको विकास असम्भव रहेको बताएका छन्।
नेपाल निर्माण व्यवसायी महासंघको २३ औं साधारणसभालाई सम्बोधन गर्दै उनले देश विकासका लागि भौतिक पूर्वाधार निर्माणमा निर्णाण व्यवसायीको भूमिका रहन सक्ने बताएका हुन् ।
निर्माण व्यवासीका समस्या समाधान गर्न आफू तयार रहेको बताउँँदै उनले केही ऐनहरु संशोधन गरिएको जानकारी दिए ।
एमसीसीबाट आउने अनुदान रकम पनि नेपालको पूर्वाधार क्षेत्रमा खर्च गरिने जानकारी दिँदै प्रधानमन्त्री देउवाले यसमा टेन्डर हालेर पार्न आग्रह गरे ।
‘एमसीसीका आयोजनाको ग्लोबल टेन्डर आह्वान हुन्छ। तपाइँहरु हाल्नुहोस् र पार्नुस्,’ व्यवसायीलाई प्रधानमन्त्री देउवाले भने, ‘अरु देशका पनि आउँछन् । चीनका पनि आउन सक्छन् । तर, तपाइँहरु टेन्डर हाल्नुहोस् र पानुहोेस्।’




