रिबन

संवैधानिक नियुक्ति बदरको रिटमाथि आज सुनुवाइ हुँदै

काठमाडौं । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा संवैधानिक परिषद्बाट भएका नियुक्ति बदर गर्न माग गर्दै परेको रिटमाथि आज संवैधानिक इजलासमा पेशी तोकेका छन् ।

कामु प्रधानन्यायाधीशले गोलाप्रथा प्रक्रियाविनै गठन गरेको संवैधानिक इजलासमा ओमप्रकाश अर्यालले दायर गरेको रिटमाथि सुनुवाइ हुन लागेको हो ।

संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश कार्कीसहित हरिकृष्ण कार्की, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा तोकिएका छन् । यसअघि प्रधानन्यायाधीश कार्कीले गत बुधबार उक्त मुद्दामा आफ्नै इजलासमा राखेर लगत कट्टाको आदेश दिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *