विश्व

उत्तर प्रदेशसहित चार राज्यमा भाजपा अगाडी, पञ्जावमा आप बहुमततर्फ

काठमाडौँ । भारतका पाँच राज्यको मत परिणाम आउनेक्रम जारी रहेको छ । मतपरिणामको शुरुवाती रुझानमा भारतीय जनता पार्टी उत्तर प्रदेशसहित चार राज्यमा अगाडी रहेको छ भने एक राज्यमा आम आदमी पार्टी अगाडी रहेको छ ।

भारतीय मिडियाहरुका अनुसार भारतीय जनता पार्टी उत्तर प्रदेश, उत्तराखण्ड, मणिपुर र गोवामा अगाडी रहेको छ । यी राज्यमा भारतीय जनता पार्टीले सरकार बनाउने सम्भावना देखिएको छ ।

४०३ सदस्यीय उत्तर प्रदेश विधान सभामा भारतीय जनता पार्टी (भाजपा) अहिले २५० स्थानमा अगाडी रहेको छ भने समाजवादी पार्टी १२० स्थानमा अगाडी रहेको छ ।

त्यस्तै ७० सदस्यीय उत्तराखण्डको विधान सभामा भाजपा ४३ सिटमा अगाडी रहेको छ भने काँग्रेस २३ सिटमा अगाडी रहेको छ ।

त्यस्तै ६० सदस्यीय मणिपुरमा भाजपा २६ सिटमा अगाडी रहेको छ भने काँग्रेस १३, एनपीपी १० तथा एनपिएफ पार्टी ६ सिटमा अगाडी रहेको छ ।

त्यसैगरी ४० सिटको गोवा विधान सभामा भाजपा १९ सिटमा अगाडी रहेको छ भने काँग्रेस १३ सिटमा अगाडी रहेको छ ।

त्यसैगरी ११७ सदस्यीय पञ्जाव विधान सभामा आम आदमी पार्टी ८८ सिटमा अगाडी रहेको छ भने सत्तारुढ काँग्रेस १२ सिटमा मात्र अगाडी रहेको छ । त्यस्तै अकाली दल ११ र भाजपा ५ सिटमा अगाडी रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *