रिबन

आयल निगमको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम सिफारिस

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।

मन्त्रालय अन्तर्गत गठित छनोट तथा सिफारिस समितिले चन्डिकाप्रसाद भट्ट, जीवन प्रकाश सिटौला र उमेशप्रसाद थानीको नाम सिफारिस गरेको हो ।

रिक्त कार्यकारी पदका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७८ पुस २५ मा सूचना प्रकाशित गर्दै २१ दिनभित्र आवेदन दिन भनेको थियो । उक्त पदका लागि १७ जनाले आवेदन दिएका थिए । तीमध्ये सबैभन्दा बढी अंक ल्याउने तीन जनाको नाम सिफारिस गरिएको मन्त्रालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *