काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका नेता एवं बलेफी गाउँपालिकाका प्रमुख केदार क्षेत्रीलाई नेपाली कांग्रेसमा भित्र्याएका छन ।
सभापति देउवाले मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा अविर, माला, खादा र सदस्यता प्रदान गरेर सन्धुपाल्चोका एमाले नेता केदार क्षेत्री, सुवास सुन्दास र कृष्ण क्षेत्रीलाई कांग्रेसमा भित्र्याएका हुन ।
‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानमा खटाइएका केन्द्रीय प्रतिनिधिलाई निर्देशन दिने कार्यक्रमा पार्टी अफिस पुगेका देउवाले पूर्वनिर्धारित कार्यक्रम अनुरुप क्षेत्रीलाई पार्टी प्रवेश गराएका हुन ।
प्रवेश कार्यक्रममा पार्टी उपसभापति पूर्णबहादुर खड्का,केन्दीय सदस्य मोहन बहादुर बस्नेत लगायतका दर्जनौ केन्द्रीय सदस्य र जिल्ला नेताहरुको उपस्थिति थियो ।
नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतको पहलमा एमाले बागमती प्रदेस सदस्य समेत रहेका क्षेत्री कांग्रेसमा प्रवेश गरेका हुन ।
जिल्लाको विकास निर्माण र जनताको सुख दुःखका सारथी बन्दै आएका कांग्रेस नेता बस्नेतको कार्यशैलीबाट प्रभावित बनेर हजारौंका संख्यामा अन्य पार्टीबाट कांग्रेसमा प्रवेश गर्ने लहर चलेको छ ।




