काठमाडौँ ।संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घले रुसी निर्यातमाथि प्रतिबन्ध लगाउन सक्ने खबरहरूबीच तेलको भाउमा व्यापक वृद्धि भएको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारल १३८ डलर पुगेको छ।
विवरणहरूमा जनाइएअनुसार तेलको मूल्य हालसम्मकै उच्च पुग्ने दिशामा उन्मुख छ।
युक्रेनमा जारी लडाइँ तत्काल रोकिने कुनै सम्भावना नदेखिएको पृष्ठभूमिमा धातुका साथै गहुँ, मकै लगायत वस्तुको मूल्यमा पनि व्यापक वृद्धि भएको छ।




