विश्व

मारिओपोल शहरमा पुनः अस्थायी युद्धबिराम घोषणा

काठमाडौं । युक्रेनको मारिओपोल शहरमा पुनः अस्थायी युद्धबिराम घोषणा गरिएको छ । मारिओपोल शहरमा स्थानीय समय अनुसार आइतवार बिहान १० बजेदेखि साँझ ९ बजेसम्मका लागि अस्थायी युद्ध विराम घोषणा गरिएको त्यहाँको सीटी काउन्सिलले जनाएको छ ।

यसअघि पनि सो सहरमा रुसी सेनाले युद्धबिराम घोषणा गरेको थियो। सर्वसाधारणलाई त्यहाँबाट सहज ढंगले अन्य क्षेत्रमा जान र अन्य मानवीय सहायकता लागि भन्दै रुसी सेनाले युद्धबिराम घोषणा गरेको थियो। तर, रुसी सेनाले बम हमला र गोलाबारी गरेको विवरण सार्वजनिक भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *