विश्व

सर्बियामा निस्कियो पुटिनको समर्थनमा र्‍याली

काठमाडौं ।सर्बियाको राजधानी बेलग्रेडमा हजारौँ मानिसले युक्रेनमा रुसी आक्रमणको समर्थनमा गर्दै प्रदर्शनमा भाग लिएका छन्।

करिब ४,००० मानिस रुसी जार निकोलस द्वितीयको सालिकको अगाडि भेला भएर र्‍यालीमा सहभागी भए। त्यहाँ उनीहरूले रुस र सर्बियाको राष्ट्रिय गान बजाए र दुई देशबीच दाजुभाइको सम्बन्ध रहेको बताए।

प्रदर्शनकारीहरूले रुसी झन्डा र राष्ट्रपति भ्लादिमिर पुटिनको तस्बिर बोकेर सहर हुँदै रुसी दूतावासतिर लागेका थिए।

सर्बिया आफूलाई युरोपेली नेताहरूबाट टाढा नबनाई र युरोपियन युनियनमा समावेश हुने आफ्नो आकाङ्क्षालाई नछोडी मस्कोसँगको सम्बन्धलाई शान्त पार्ने प्रयास गर्दै छ। उसका लागि सन्तुलनको यस प्रयास कठिन छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *